कोहलपुर,१२ फागुन/ बाँकेसहित देशभर आज फागुन १२ गतेबाट हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउन सुरु गरिएको छ । आज १२ गते देखी १४ गते सम्म हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईने भएको हो । हात्तिपाईले रोगको जोखीम रहेका तराईका विभिन्न जिल्ला संगै बाँकेमा पनि हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउन सुरु गरिएको हो ।
नेपालगन्ज उपमहानगर पालिकाका २३ ओटै वडाका वडा अध्यक्ष, मेयर, उपमेयर, वरिष्ठ चिकित्सक लगायतले पनि हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गर्नुभएको छ ।
आज पहिलो दिन टोलटोलका बुथ सेन्टरहरुमा औषधी खुवाईएको छ र भोली दोस्रो दिन घरघरमा स्वास्थ्य स्वयम सेविकाहरु पुगेर औषधी खुवाउने र छुटेकाहरुलाई तेस्रो दिन खुवाउने गरी कार्यक्रम बनाईएको छ ।
बाँकेमा ७ बर्ष अगाडी हात्तिपाइले बिरुद्धको औषधी सेवन पछी ४ जनाको मृत्यू भएपछी औषधी सेवनका लागी सर्बसाधारणहरु डराउने गरेका छन । सोही कारण हात्तिपाईले रोग बिरुद्धको अभियानमा बाँकेले सफलता हासिल गर्न सकेको छैन । तर चिकित्सकहरुले भने हात्तिपाईले रोग बिरुद्धको औषधी सेवनबाट कुनै हानि नहुने ठोकुवा गरेका छन ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार यो आठौ चरणको कार्यक्रम हो । सातौ चरण सम्म औषधी खुवाएर अभियान पुरा हुने भए पनि बाँकेमा यस अगाडीका कार्यक्रमहरुमा औषधी खानेहरुको संख्या कम भएकाले आठौ चरणमा औषधी खुवाउने कार्यक्रम राखिएको हो ।