20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

पूर्व–पश्चिम यातायात व्यवसायी संघको अध्यक्षमा पुन मगर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४  

कोहलपुर,१२ फागुन/  पूर्व–पश्चिम यातायात व्यवसायी संघ कोहलपुरको दोस्रो साधारण सभा तथा अधिवेशनबाट पुनः धन बहादुर पुन मगर अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

पुन मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा छविलाल आले, उपाध्यक्षमा दिवाकर ढकाल, महासचिवमा थमन बहादुर रोकाय, सचिवमा पुष्कर भण्डारी र कोषाध्यक्षमा देवराज गिरीलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा टिका फडेरा (महिला सदस्य), रत्न बहादुर रावत, नर बहादुर बोहरा, हुकुम बहादुर रिजाल र जय बहादुर मल्ल रहनु भएको छ ।

हिजो कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा भएको अधिवेशनबाट अध्यक्ष बाहेक सबै पदाधिकारी लगायत सदस्यहरुलाई सर्वसम्मत चयन गरिएको हो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     8:23:02 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *