कोहलपुर,१२ फागुन/ बाँकेको कोहलपुर नगरपालिका—८ बाबानगर स्थित नमुना विद्या सदन स्कुलको ११औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमा शुक्रबार सम्पन्न भएको छ ।
वार्षिक उत्सवको कोहलपुर नगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रेशम बहादुर खत्रीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । विद्यालयका विद्यार्थीहरुले सरस्वती वन्दना सगैं सुरु भएको कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख नविन रावतले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले थुपै्र गायन नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । त्यस्तै वार्षिक उत्सवको अवसरमा विद्यालयको शैक्षिक
स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरु र अभिभावकलाई लाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा वर्षभरी संञ्चालन गरिएका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा हरित नेपालका अध्यक्ष हेमन्त काफ्लेले विरुवा उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ठाकुर प्रसाद थारु, वडा नं १० का वडा अध्यक्ष निम बहादुर चलाउने, वडा नं १४ का वडा अध्यक्ष टेक चन हरिजन, १५ वडाका वडा अध्यक्ष पतिराम थारु, वडा नं ८ का वडा सदस्य जस चदरा, १५ वडाका वडा सदस्य मान बहाद्ुर गुरुङ, एन प्याब्सन प्रदेश नं ५ सदस्य कमल पछाई, गोविन्द चौधरी, एन प्याब्सन बाँके अध्यक्ष कुबेर बस्नेत, क्रिसा अध्यक्ष दिनेश सिग्देल,एन प्याब्सन कोहलपुर नगर अध्यक्ष किशोर राज मल्ल, समाजसेवा संंस्थाका केन्द्रिय अध्यक्ष विनोद थापा,अस्थाई प्रहरी चौकी हवलदापुरका प्रतिनिधी चोप बहादुर थापा, अभिभावक,शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक शिव डाँगीको सभापतित्वमा सम्पन्न भएको थियो ।