यम घिमिरे : बर्दिया,१२ फागुन/ बर्षेनी बाढीबाट बढि प्रभावित हुदै आएका जिल्लाका २ नगरपालिहरुकामा नेपाल बाढी प्रतिकार्य तथा पुर्नलाभ कार्यक्रम सुरु गरिएको छ ।
क्याथोलिक सामाजिक सिद्धान्तको अवधारणा अंग्कार गरेको कारितास ईन्टरनेशनलको सहयोगमा कारितास नेपालले बाढीबाट अति प्रभावित गुलरिया नगरपालिकाको २, ३,४ र ११ र बार बर्दिया नगरपालिकाको ४,५,८,१२ गरी ८ वटा वडाका १३ कलस्टरमा सो कार्यक्रम शुरु गरेको कारितास नेपाल बर्दियाका संयोजक खम्बसिंह बस्नेतले जानकारी दिए।
१० महिना अर्थात ३० अगष्ट २०१८ सम्म संचालन हुने सो परियोजनाका अन्र्तगत तरकारी खेती तथा पशुपालन जस्ता आयआर्जनका काम,कामका लागि नगद,उच्च धारा निर्माण र स्वास्थ्य तथा सरसरफाई सम्बन्धि सचेतना लगायतका क्रियाकलापका लागि ३७ लाख ३८ हजार ६ सय रुपिया बजेट विनियोजन गरेको छ ।
कार्यक्रमबाट जोखिममा रहेका २ हजार ६सय २९ घरधुरीका परिवारमा भविष्यमा आउने विपदका लागि उत्थानसिल क्षमताको विकास समेत हुने संयोजक बस्नेतले बताए ।
बाढीप्रभावित गुलरिया नगरपालिका र बार बर्दिया नगरपालिकाका बाढि पिडीतहरुका लागि खानेपानी सरसफाई, स्वास्थ्य, संरक्षण आयआर्जन लगायतका कामहरु गरिने कार्यक्रममा जानकारी गराईएको छ ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी. लगायतले कारितास नेपालले बाढी प्रभावित वस्तीहरुमा सुरु गरेको नया कार्यकक्रमले समुदायलाई प्रत्यक्ष राहत एंव लाभ पुग्ने र अप्रत्यक्ष रुपमा नेपाल सरकारलाई थोरै भएपनि सहयोग पुग्ने वताए उनीहरुले सबै जनताले थाहा पाउने गरि जिल्लास्थित सरोकारवालासंग समन्वय गरि काम सुरु गरेकोमा कारितास नेपाल बर्दियाको प्रशंसा समेत गरे ।