मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४
काठमाडौं,११ फागुन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिनुभएको छ ।
ट्रम्पले दिएको सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामना रहेको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीको कार्याकालमा दुई देशबीचको दुईपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ ।
सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धति प्रतिको निष्ठा मुखरित भएको बताउनुभएको हो ।
सन्देशमा संविधान कार्यान्वयन पछि बनेको नेपालको पहिलो सरकारसँग अमेरिकी सरकार साझेदारी गरेर अघि बढ्न चाहेको बताइएको छ । नेपालको दिगो आर्थिक विकास, भ्रष्टचार नियन्त्रण, शान्ति सुशासनको कामना अमेरिकाले गरेको छ ।