विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम सम्पन्न



कोहलपुर,११ फागुन/   कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी  यूनियन संगठनले आयोजित कार्यक्रममा विभिन्न संकायमा अध्यनरत स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागतसंगसगै स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीहरुलाई विधाई गरेको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले क्याम्पसमा विभिन्न संकायका वि.एड प्रथम वर्षमा आगन्तुक विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए भने विधाई हुने स्नातकोत्तर तहका विद्यार्थीहरुलाई उज्वल भविष्य कामना गरेका थिए ।

साथै क्याम्पस संचालक समतिका पूर्व अध्यक्ष होम प्रकाश सुवेदीले पब्लिक क्याम्पसहरु आंगिक क्याम्पस बनाउन पहल भइरहेको र प्राविधिक शिक्षामा पनि जोड दिने बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रवक्ता माधब रिजाल, संचालक समतिका सदस्य सुर्य रोकाय, बागेश्वरी बुहुमुखी क्याम्पस प्रमुख शिशिर शर्मा, सहायक क्याम्पस प्रमुख कृष्ण अधिकारी, पाठ्यक्रम विभाग प्रमुख एकराज शर्मा, अभ्यास शिक्षण प्रमुख तोयानाथ पहाडि, प्रध्यापक संघका अध्यक्ष पुष्कर रिजाल,स्ववियू सभापति दिनेश केसी, स्ववियू संगठनका पूर्व अध्यक्ष अव्दुल हुसेन खाँ लगायतको उपस्थित रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ११ गते शुक्रबार