बर्दिया,११ फागुन/ प्रथम बारबर्दिया तथा जयनगर महोत्सवको पुर्व उपप्रधान मन्त्री कृष्ण बहादु महराले गर्ने भएका छन् । आज फागुन ११ गते देखि सुरु हुने महोत्सवको पुर्व उपप्रधान मन्त्री महराले गर्ने उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटनमा बर्दियाबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति तथा नगर प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको सहभागिता रहने महोत्सव सञ्चालन समितिका संयोजक रामसोहन थारुले जानकारी दिए ।
शुुक्रबार उद्घाटन हुने महोत्सव स्थललाई बिहिबार नै सजाएर झकिझकाउ बनाइएको छ । महोत्सवको सञ्चालनको लागि आवश्यक महोत्सव स्थलमा स्टल निर्माण, मञ्च व्यवस्थापन, स्वागत तथा अतिथि सत्कार, कालाकार लगाएत रमाईलो मेलाका, थारु गाँउ निमार्ण कार्य सबै पुरा भइसकेको छ ।
महोत्सवको पहिलो दिन महोत्सव अबलोकन गर्न निशुल्क प्रवेश गराउने आयोजकले जनाएको छ । महोत्सवको अवलोकनको लागि महोत्सव नजिकका विद्यालयहरुलाई विद्यार्थी तथा शिक्षकहरुलाई आयोजकले आमन्त्रण पनि गरेको छ ।
साथै विद्यालयबाट प्रतियोगितामा सहभागि हुनको लागि नृत्य टोलीलाई नाम दर्ता गराउन आग्रह समेत गरेको छ । साथै मुख्य आयोजक आदीवासी जानजाति नगर समन्वय समिति बारबर्दियाले यहि फाल्गुण १ गते आयोजना गरेको आधुनिक तथा पुर्खनिया साँस्कृतिक प्र्रतियोगिता कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण तथा आफ्नो प्रस्तुति गर्नको लागि अवसर दिने समितिका सचिव कृष्णकुमार चौधरीले बताएका छन् ।
साथै महोत्सव उद्घाटन कार्यक्रममा स्थानीय साँस्कृतिक झाँकीहरु पनि प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । “हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको मुख्य आयोजक आदीवासी जनजाती महासंघ नगर समन्वय समिति उद्योग वाणिज्य संघ मगरागाडी शाखा, सहअयोजक सदाशिव स्पोर्ट क्लब बारबर्दिया र नगरस्तरीय युवा सञ्जाल बारबर्दियाले गरिहेको रहेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकामा यहि फाल्गुण ११ गते देखि २० गते सम्म १० दिन सम महोत्सव सञ्चालन हुने छ । बर्दिया क्षेत्रकै कृषि उद्योग तथा पर्यटनको विकास गर्ने एउटा व्यवस्थित खेल मैदान रङ्गशाला निमार्ण गर्ने उद्देश्य रहेको छ ।
महोत्सवमा १ सय ५० वटा विभिन्न प्र्रयोजनका स्टलहरु, थारु कलासंस्कृतिको अवलोकन तथा खानाका परिकारहरुको स्वादका लागि थारु गाँउको व्यवस्था रहेको छ । महोत्सवमा प्रवेश का लागि सर्वसाधारणका लागि रु ५०, अपाङ्गताहरु र विद्यार्थीको लागि रु ३०, तथा विद्यार्थीहरु विद्यालयको सिफारिसमा सामुहिक आएमा रु २५ आयोजकले निर्धारण गरेको छ ।