मोटरसाईकल दुर्घटना हुदा बर्दियामा एकको मृत्यू



बर्दिया,१०  फागुन/  बर्दियाको राजापुर नगरपालिका–३ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

राति सवा १० बजे से३प ६४८९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिदा मोटरसाइकलमा पछाडि सवार कैलाली, टिकापुर नगरपालिका–४ का ३० वर्षीय बजारु चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय रामबहादुर चौधरीको भने नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १० गते बिहीबार