18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

हात्तिपाईले औषधि खुवाउने बारे जनप्रतिनिधिलाई प्रशिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

श्रवण बस्नेत दाङ,१०फागुन/   दाङ लमही नगरपालिकाको वडा नं.५र ६ का जना प्रतिनिधि, समाजसेवी र पत्रकारहरुलाई हात्तिपाइले रोग विरुद्दको औषधि कति र कसरी खुवाउने भन्ने बारे प्रशिक्षण दिइएको छ । लगातार ६ वर्षसम्म यो रोगका विरुद्द औषधि सेवन गर्दा पनि विरामीहरुमा कमी नआउदा नेपाल सरकारले अन्तिम पटक खुवाउने लक्ष्य राखेको हो ।

हात्तिपाइलेको औषधि सेवनले मानिस मर्छन भन्ने गलत सूचना आम जनसमुदायमा फैलिएकाले प्राय मानिसहरु यो औषधि सेवन गर्न नमानेको स्वास्थ्यकर्मीहरु बताउँछन् । तर हात्तिपाइलेका जिवाणुहरु सक्रिय रहेको मानिसलाई सामान्य असर गर्न सक्ने बताउदै नआत्तिन पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।

गतवर्ष २६ प्रतिशत रहेकोमा अहिले १३ प्रतिशत यो रोगका विरामी रहेको कार्यक्रममा जानकारी गराइएको थियो । तुलनात्मक हिसाबले यो रोगका विरामीहरुको संख्यामा केही कमी आए पनि पूर्णरुपले निर्मुल हुन नसक्दा सरकारले फेरी यो अभियान शुरु गरेको हो ।

यो औषधि सेवन बाट कोहि पनि बन्चित नबनुन भन्ने उद्देश्यले यो अभियानमा संलग्न स्वास्थ्य स्वयम्सेविका र सेबकहरुलाई मानिसको घरदैलोमा अनिबार्य पुग्न सरकाले आग्रह गरेको छ ।

कार्यक्रममा लमही अस्पतालका प्रमुख डा इश्वरी खनाल , रुपलाल पाण्डे र धन बहादुर खड्काले उपस्थितलाई प्रशिक्षण दिएका थिए । त्यस्तै लमही नगरपालिकाका वडा नं.७, ८ र ९ का महिला स्वयंसेविकाहरुलाई पनि एक दिने प्रशिक्षण दिइएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     7:23:29 AM  |