नेपालगञ्ज,१० फागुन/ बालश्रम न्युनिकरणका लागि बुधबार नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न टोलटोलमा अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका र रुसुफ नेपालको सयुक्त आयोजनामा नेपालगञ्जको वडा नं. १५ स्थित जमुनाहा गाउँको घरघरमा पुगि अनुगमन गरिएको हो ।
बालश्रम न्युनिकरण गर्नका लागि रुसुफ नेपालले हरेक टोल टोलमा तथा बालवालिकाको अभिभावक समक्ष पुगि अभियान थालेको हो । अभियानकै क्रममा बालवालिकालाई विद्यालय पठाऔं, बालश्रममा नलगाऔं जस्ता विभिन्न खाले जनचेतना मुलक अभियान थालेको रुसुफ नेपालका संयोजक मुस्ताक अलिले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाको हरेक वडाका वडा अध्यक्ष र सदस्यहरुसंग सहकार्य गरी वडाका हरेक घरघरमा स्थलगत अनुगमन गरी बालश्रम रोक्ने अभियानको थालनी गरेको अध्यक्ष अलिले बताए ।
बिहिबार नेपालगन्ज स्थित इट्टा उद्योगमा बालश्रम गरिरहेका बालवालिकाहरुको उद्दार गरी अभिभावक सामु सहभागिता गराउने कार्य रहेको मुस्ताकले बताए । अनुगमन गर्दा बालश्रममा व्यापकता प्रयोग गरिएको पाइएको अनुगमन समितिले जनाएको छ ।