24 September 2023  |   आइतवार, अशोज ७, २०८०

बला विवाहको अवस्था र निराकरणका उपायबारे अन्तरक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

नेपालगञ्ज,१० फागुन/   बाल विवाहको अवस्था र निराकरण गर्ने उपाय विषयक नेपालगन्जमा क्षेत्रिय स्तरको अन्तरक्रिया कार्यक्रम गरिएको छ । फातिमा फाउण्डेशन नेपालको आयोजना, संकल्प काठमाण्डौंको सहयोग र महिला तथा बालवालिका कार्यालय नेपालगन्जको सहकार्यमा बाल विवाहको अवस्था र निराकरण गर्ने उपाय विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महिला तथा बालवालिका कार्यालय नेपालगन्जका अधिकृत शोभा शाहले बालविवाह भएको सूचना पाउने बित्तिकै सम्बन्धित ठाउँमा खबर गरी सहयोग गर्न अनुरोध गरेकी थिइन् । बालविवाह हो होइना भन्ने बारे जन्मदर्ताले प्रष्ठ्याउने भएको हुनाले जन्मदर्ता भए नभएको पत्ता लगाउने कार्य अनिवार्य रहेको उनले बताइन् ।

बालविवाह हो होइन बारे सुचना लिदा सम्बन्धित ठाउँमा आधिकारिक सूचना लिन जरुरी रहेको शाहले बताइन् । सामाजिक सञ्जालले पनि बाल विवाह बढेको हुनाले यसमा पनि सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको नगर स्तरीय बाल क्लव संजालका सल्लाहकार साहिल अन्सारीले बताए । बढ्दो सामाजिक संजालको प्रवृत्तिले बालविवाह बढेको समेत अन्सारीले बताए ।

कार्यक्रममा बाँके जिल्ला अदालत नेपालगन्जका बालमनोवैज्ञानिक सुदिप कुमार भट्टराईले बालविवाह, अवस्था, निराकरणको उपाय, बालविवाह सम्बन्धि हालको कानुनी व्यवस्था, बालविवाहको परिचय जस्ता विषयमा प्रशिक्षण दिएका थिए

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     7:16:13 AM  |