24 September 2023  |   आइतवार, अशोज ७, २०८०

मासु हाईजेनिक तथा स्टोरेज सम्वन्धी तीनदिने प्रशिक्षण शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

नेपालगञ्ज,१० फागुन/   व्यावसायिक कृषी तथा व्यापार आयोजना र फ्रेस हाईजेनिक फुड, बाँकेद्वारा संयूक्त रुपमा सञ्चालित मासुलाई कसरी हाईजेनिक र स्टोरेज सम्बन्धमा तीनदिने प्रशिक्षण कार्यक्रम खजुरा गाँउपालिकाको सोनपुरमा सञ्चालित भएको छ । फ्रेस हाईजेनिक फुड बाँकेका सञ्चालक दिपेन्द्र जोशी र प्याक्टको सहयोगमा सो प्रशिक्षण कार्य सुरु भएको हो ।

तीन दिनसम्म चल्ने तालिममा आठ जिल्लाका सहभागीहरुको सहभागिता रहेको कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा नेदरल्यन्डस्का कोर कार्भल रहेका छन् । बुधबार एक कार्यक्रमका बिच खजुरा गाँउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले सो तालिमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै र्हाजेनिक फुडका सञ्चालक दिपेन्द्र कुमार जोशीले तालिमबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्मा खसी, बंगुरलागायतका पशुहरुलाइ बेहोस बनाई काटेर झुन्डाएर स्टोरेज गर्न सिकाउने मुख्य उदेश्य रहेको बताए ।

यस्तै र्काक्रममा बोल्दै खजुरा गाँउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले बिगतका दिन देखिनै यस्ता कार्यहरु गर्दै आएकोमा धन्यवाद दिँदैे आफुहरुले चुनवमा गरेको समृद्ध खजुरा बनाउने नाराहरुलाई साकार गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका सहभगीहरुले फ्रेस हाईजेनिक फुडको मासु प्रशोधन केन्द्रको समेत अवलोकन गरेका थिए । कार्यक्रममा बाँके जिल्लाका घरेलु तथा साना उद्योगका प्रमुख, पशु विकास कार्यालयका पशु विकास अधिकृत, पत्रकार र स्थानीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     7:13:30 AM  |