यम घिमिरे
बर्दियाको बढैयाताल गाउपालिकाकी उपप्रमुख दीपा गौतमले राष्ट्रलाई पाल्ने श्रमिक, मजदूर लगायत पिछडिएको वर्गको उत्थानका निम्ति गाउपािलकाले विशेष ध्यान दिने बताएकी छन् ।
नेपाल बिजुली पेन्टर, पलम्बर तथा निर्माण मजदूर युनियन (क्युपके नेपाल) को सदस्यता विस्तार अभियानलाई भोलागौडिमा सम्वोधन गर्दे उपप्रमुख गौतमले सरकारले प्रदान गर्ने सेवा सुविधामा गाउपालिकाको तर्फबाट थप सुविधा दिने बताइन् ।
उनले स्थानीय सरकारले मजुदुरको मात्र नभई एकल महिला, जनजाति, मधेशी, पिछडा वर्ग लगायत सम्पुर्ण वर्गको न्याय, उत्थान र आर्थिक समृद्धिका निम्ति काम गर्ने प्रतिवद्धता जनाइन् ।
नेपाल सरकारले गरिब, मजदूर तथा पिछडा वर्गको उत्थानमा ल्याएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वय गर्न गराउने आफनो प्राथमिकतामा पर्ने बताउदै उपप्रमुख गौतमले संविधानमा उल्लेखित मौलिक हक बमोजिम गाउँपालिकाले पनि जनतालाई अधिकार सम्पन्न गराइने भनाई छ ।
क्युपेक नेपाल बढैयाताल गाउपालिकाको अध्यक्ष खेमबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शान्ता बस्नेत, नेपाल टेड युनियन महासंघ प्रदेश नम्बर ५का सचिवालय सदस्य पुर्णचन्द्र उपाध्याय लगायतले मन्तब्य राखेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४