रावन बिश्वकर्मा : बाँसगढी,१० फागुन/ बर्दियाको बारबर्दियामा सञ्चालन हुने प्रथम बारबर्दिया तथा जयनगर महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको सञ्चालनको लागि आवश्यक महोत्सव स्थलमा स्टल निर्माण, मञ्च व्यवस्थापन, स्वागत तथा अतिथि सत्कार, कलाकार लगायत रमाइलो मेलाका, थारुगाँउ निमार्ण कार्य सबै पुरा भइसकेको महोत्सवका संयोजक रामसोहन चौधरीले बताए ।
“हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको मुख्य आयोजक आदिवासी जनजाती महासंघ नगर समन्वय समिति उद्योग वाणिज्य संघ मगरागाडी शाखा, सह–अयोजक सदाशिव स्पोर्ट क्लब बारबर्दिया र नगरस्तरीय युवा सञ्जाल बारबर्दियाले गरिहेको रहेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकामा यहि फाल्गुण ११ गते देखि २० गते सम्म १० दिन सञ्चालन हुने छ । महोत्सवमा आकर्षणको नेपाली राष्ट्रिय कलाकार तथा स्थानीय कलासंस्कृति झल्कने खालका आधुनिक तथा पुखर्निया नाचगान, थारु समुदायको कला संस्कृतिसहितको साँस्कृति प्रस्तुति, प्रतियोगिता तथा हस्तकला वस्तुकलाहरु, खानाका परिकारहरु रहेको छ ।
महोत्सवमा बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज, विश्वको दुर्लव वन्यजन्तु कृष्णसार, एतिहासिक बढैयाताल, नेपालको सबभन्दा लामो गेरुवा नदिको पुलका साथै बारबर्दिया नगरपालिका भित्र पर्ने बर्दियाको एतिहासिक बारबर्दिया, सदाशिव मन्दिर, सत्खोलुवा ताल, रानीजरुवा, बुह्रान, मझरा, रझेट लगायत क्षेत्रको प्रचारप्रसारको लागि सञ्चालन गरिरहेको महोत्सवका मूल समितिका संयोजक चौधरीले जानकारी दिए ।
बारबर्दिया नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्यको विकास गर्न, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको बिकास, पर्वद्धन गर्दै आर्थिक वृद्धि तथा विकास गर्न र स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम् आन्तरिक बजार सुदृढ पार्दै आयातलाई प्रतिस्थान गर्ने महोत्सवले लक्ष्य लिएको छ । साथै बर्दिया क्षेत्रकै कृषि उद्योग तथा पर्यटनको बिकास गर्ने एउटा व्यवस्थित खेल मैदान रङ्ग शाला निमार्ण गर्ने रहेको छ ।
महोत्सव प्रर्दशनीमा उपलब्ध बस्तु तथा सेवामा घरेलु उद्योगबाट उत्पादित बस्त, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रबिधि, पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार, स्थानीय परिकार, सांस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक पर्दशनी, उत्पादन तथा परामर्श सम्बन्धी विशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना, स्वास्थ्य मनोरञ्जन लगाएत बाल उद्यानमा ठूला साना झुला, नाउ, ड्रागन, टे«न, मौतका कुवा, रोटे पिङ्ग, जादु समेत रहेको छ ।
महोत्सवमा १ सय ५० वटा बिभिन्न प्र्रयोजनका स्टलहरु, थारु कला साँस्कृतिको अवलोकन तथा खानाका परिकारहरुको स्वादका लागि थारु गाँउको ब्यबस्था रहेको छ । महोत्सवमा प्रवेशका लागि सर्वसाधारणका लागि रु ५०, अपाङ्गताहरु र विद्यार्थीको लागि रु ३०, तथा विद्यार्थीहरु विद्यालयको सिफारिशमा सामुहिक आएमा रु २५ टिकट आयोजकले निर्धारण गरेको छ ।