कोहलपुर महोत्सवको अन्तिम दिन रेउले र अलमोडासँगै रमाए दर्शक



कोहलपुर,९ फागुन /  कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको मंगलबार गायक अलमोडासँगै उपस्थिति दर्शकहरु रमाएका थिए ।उनले “यति यति पानी गंगा रानी, देखना चम्पा हाम्रा त तुम्रा बाहेक को छ र, रेली माई रे माइ” लगायतका गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।

त्यस्तै गायक कृष्ण रेउलेले खानालाई तितो छ करेली नबेली झिम्काई परेली, यो मायमा फसेको तिम्ले गर्दा हो लगायतका गीतहरु गाउँदा उपस्थिति दर्शकमा रमाएका थिए ।  गायक रेउलेले  अन्य थुप्रै गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित मिति : २०७४ फागुन ९ गते बुधबार