15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

प्रहरी कारबाहीमा ‘गुन्डा नाइके’ मनोज पुन मारिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

रुपन्देही,९ फागुन/  गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ ।

गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको छ ।

आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।

पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।

उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।

              -imagekhabar.com

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:43:36 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *