2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

कोहलपुर महोत्सवको आज समापन गरिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

कोहलपुर,९ फागुन/   कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ आज (बुधबार) समापन हुँदैछ । सो समापन कार्यक्रमहमा बाँके निर्वाचन क्षेत्र नंंं. १ (ख) प्रदेश सभा सदस्य आरती पौडेलको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

माघ २६ गतेदेखि फागुन ८ गते सञ्चालन गर्ने निर्णय भए पनि दर्शकहरुको माग अनुसार थप एक दिन सञ्चालन गर्ने निर्णय गरे अनुसार आज (बुधबार) महोत्सवको समापन हुँदैछ । महोत्सव सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा कोहलपुर क्षेत्रका स्थानिय जनता, स्थानिय सरकार, राजनीतिक दल, समाज सेवी, उद्योगि व्यापारी, शिक्षा प्रेमी, बुद्विजीविलाई कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले धन्यवाद व्यक्त गरेका छन् ।

साथै उनले सुरक्षा क्षेत्रमा सक्रिय सहभागिता जनाई महोत्सवलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेकोमा कोहलपुर ईलाका प्रहरीलाई पनि विशेष धन्यवाद दिएका छन् । त्यस्तै कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवबाट संकलित भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य पुरा हुने कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् ।

उनले बचत रकमबाट केही शिक्षा, स्वास्थ्य, खेलकुद र सामाज सेवामा लगाउने योजना रहेको जानकारी दिएका छन् । त्यसैगरी महोत्सवमा आज (बुधबार) चर्चित गायक कृष्ण रेउले, अलमोडा लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:21:04 AM  |