20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुर महोत्सवमा दुर्गेश र नविनसँगै झुमे दर्शक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

कोहलपुर,९ फागुन/  बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको मंगलबार गायक दुर्गेश थापा र नविन पौडेल सँगै उपस्थिति दर्शकहरु झुमेकाथिए । 

पछिल्लो समयमा चर्चित गायक दुर्गेश थापाले “उठ विर गोरर्खाली कित वार कित पार, म पनि आमा कोहि भन्दा कम छैन रेलमा बढि हुँकिन वेर छैन्, कस्ले कुरा लगाई दियो मेरो दाईलाई गोठमा पिट्दै थियो गाईलाई, गोलो गोलो घेरोकुन दिन पर्छ मेरो, यो गरेर भएन् उ गरेर भएन मेरो केटि जिस्काउने बानी कहिल्यै गएन्, मेरो दिल चोर्नेलाई मुद्धा हालिदिन्छु” लगायतका गीतहरु गाउँदा दर्शकहरु झुमेका थिए ।

त्यस्तै कोहलपुर महोत्सवमा मंगलबार राष्ट्रिय कलाकार नेपालका चर्चित गायका नविन पौडेलले “फुलेको तोरिला हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो, रहेक जातजाती हौं, मन परेरै हो मैले तिमिलाई रहेरेका, बुलाकि लाउँदिनौं, झुम्कानी लागउँदिनौं तै पनि राम्रो छौं” लगायतका गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।
त्यस्तै हाँस्य व्यङ्ग्य कलाकार प्रकाश कँडेलले आफ्नो प्रस्तुति देखाउँदा उपस्थिति दर्शकहरुलाई हसाएका थिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:15:59 AM  |