18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बेवारिसे गाई समस्या र यसको समाधान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४  

कोहलपुर,८ फागुन/   परम्परागत कृषि प्रणालीमा अन्योन्याश्रित सम्बन्ध राख्ने गो वंश (गाई) औद्योगिक विकासले नयाँ मोड लिएँंगै नेपाली समाजबाट ‘ निकाल’ भएका छन् । विगतको यूगमा गाई र गोरू नभए एक महिना टिक्न नसक्ने हाम्रो समाज हाल ‘ गाई बहिस्कार ’ गर्ने दुःखद चरणमा प्रवेश गर्न पुगेको छ । खेतबारी जोत्न मेशीन प्रयोग हुनु , प्राङ्गारिक मलको स्थान रासायनिक मलले लिनु र दुध उत्पादनमा स्थानीय प्रजातिका गाई अयोग्य ठहरिनु र राज्य यसबारेमा उदासिन भैदिनु शायद यस दुःखद अवस्थाका केही कारणहरू हुन सक्छन् । अर्को तर्फ संस्कारका हिसाबले हिन्दू संस्कारमा शुभाशुभ सबै पर्वमा गोरस अनिवार्य मानिन्छ । पञ्चायती व्यवस्थादेखि नै हालसम्म गाई राष्ट्रिय जनावर भनेर मानिएको ऐतिहासिक यथार्थ कसैसँग लुकेको छैन । तर अहिले तिनै गाई वहिस्कृत हुँदै गोठ निकाला भएका छन् । धेरै लामो यूगसम्म आफ्नो बाच्छोलाई खाँबोमा बाँधेर आफ्नो दुध मान्छेले डकैति गर्दा मौन रहने गाई , लौरिले सोँठ्याउँदै जोत्दा खुरूखुरू बाँजो जमिन् भोको पेटमा जोतेर मान्छे पाल्न मुख्य भूमिका खेल्ने गोरू अथवा समग्रमा गो वंश आजको बदलिँदो परिवेशले सडकमा लखेटेको छ ।
बेवारिसे अथवा भूस्याहा बनेका छन् गाईहरू । यसबारेमा खै त कसैले समाधान सोच्यो ? च्याऊ झैं उम्रेका धर्म बेचेर धनि बन्ने नालायकहरूले यस बारेमा कहिल्यै सोच्ने छैनन् ।
समस्याः
१) सडक दुर्घटना
२) खेतिपाति नोक्शान
३) साँस्कृतिक मान्यताको खिल्ली
४) कानूनको ठाडो उल्लङ्घन
५) पैदल यात्रा समेत जोखिमपूर्ण
यसका समाधानः
१) यसबारे प्रत्येक नगर तथागाउँपालिकाले गम्भिरतापुर्वक लिनुपर्दछ ।
२) नगर तथा गाउँपालिकामा एक विशिष्ट गौशालाको अवधारणा ल्याइनु पर्छ ।
३) सामुदायिक वनसँग समन्वय
गरी निश्चित क्षेत्र घोषणा गर्नु पर्छ ।
४) खटिएका संरक्षकलाई तलवको व्यवस्था गर्न नगर तथा गाउँपालिकाका प्रत्येक वडाले गर्ने सिफारिशमा रू ५ वा रु १० गौशाला शुल्क भनि अतिरिक्त शुल्क लिने व्यवस्था मिलाउने ।
६) गोठ टहरा गाईको वर्गीकरण गरी नगर तथा गाउँपालिकाले आफ्नै बजेटमा शुरूवात गर्ने ।
७) दूध , गोबर , गो मूत्र लाई आम्दानिको अर्को श्रोत बनाउने ब्यवस्था गर्ने ।
८) कालगतिले मरेका गाईरगोरूबाट छाला तथा हड्डी समेत आम्दानिको श्रोत बनाउन पहल गर्ने , आदि ।
यसरी व्यवस्थापन गर्नसके यूगौँदेखि हामिँंगै रहेका गाईलाई सम्मानपूर्वक समाधान गर्न सकिन्छ कि भन्ने तपाईँ हामी सबैले सोच्नुपर्ने भएको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४     8:13:56 AM  |