24 September 2023  |   आइतवार, अशोज ७, २०८०

कोहलपुर महोत्सवमा आज आउने कलाकारहरु को को छन् त ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४  

कोहलपुर,८ फागुन/   कोहलपुर महोत्सवको  आज राष्ट्रिय कलाकार नेपालका चर्चित गायिका दुर्गेश थापा, नविन पौडेल र प्रकाश कँडेल लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने कला संस्कृति, अतिथि अत्कार, यातायात तथा अवास व्यवस्थापन उपसमितिका संयोजक नम प्रसाद शर्माले जनाएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवबाट संकलित भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् ।

साथै उनले बचत रकमबाट केहि शिक्षा, स्वास्थ्य, खेलकुद र सामाज सेवामा लगाउने योजना रहेको जानकारी दिएका छन् ।
त्यस्तै महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तर्गतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडिबुटि, सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, होटल १८ वटा, थारु गाउँका लागि ११ वटा स्टल रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४     8:07:05 AM  |