कोहलपुर,८ फागुन/ कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा रहेको पश्चिमाञ्चल पोल्ट्री फार्ममा अण्डा किन्ने ग्राहकहरुको भिड बढ्दै गएको छ ।
बजारमा मुल्य भन्दा प्रति क्यारेट बिस रुपैया सस्तो पाइन थालेपछि अन्डा किन्नेको भिड बढेको पश्चिमाञ्चल पोल्ट्री फार्मका अधिकृत बिक्रेता बृढा सप्लार्यसका संञ्चालक धनभक्त बुढाले बताए ।
दैनिक रुपमा ४० देखि ४५ क्यारेट सम्म अण्डा बिक्रि हुने गरेको छ । व्यापार राम्रै छ । संञ्चालक बुढाले भने , दुई नम्बर स्टलमा रहेको सो स्टलमा अण्डा किन्दै गरेका बैजनाथ— २ का सुदिप सुनारले बाहिर बजारमा भन्दा सस्तो मुल्यमा अण्डा पाइने हुँदा स्टलबाट अण्डा किनेको बताए ।
अर्की ग्राहक सरस्वती बि.क ले पनि बाहिर बजारको भन्दा सस्तो र राम्रो पाइने भएको हुँदा मेलमा रहेको स्टलबाटै अण्डा किनेर लैजान लागेको बताए ।
ग्राहकको सजिलोका लागि डबल क्यारेट सहित प्याकिङ गरेर प्लाष्टिक डोरीले समेत बाँधेर दिने हुनाले ग्राहकलाई लैजान सजिलो हुने गरेको बिक्रेताको भनाइ छ बजारमा प्रति क्यारेट ३ सय २० रुपैया छ भने महोत्सवमा रहेको सो स्टलमा ३ सय रुपैयामै अण्डा पाइने गरेको छ ।
बाँकेको बैजनाथ — १ चिसापानीमा रहेको पश्चिमाञ्चल पोल्ट्री फार्मका बाँकेमा मात्र करिब १७ वटा अधिकृत बिक्रेता रहेका छन भने फार्मको बर्दिया ,दाङ कैलाली लगायतका जिल्लाहरुमा समेत अधिकृत बिक्रेता रहेका छन ।