24 September 2023  |   आइतवार, अशोज ७, २०८०

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

काठमाडौं,७ फागुन/  एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ ।

प्रजातन्त्र दिवसको दिन पार्टी एक भएको घोषणा गरेर सकारात्मक सन्देश दिन खोजेको र त्यसको टुंगो आजै लगाउने गरी बैठक बसेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

सैद्धान्तिक विषयमा आइतबार बेलुकी नै सहमति जुटेको र बाँकी प्राविधिक विषयमा सोमबार दुवै पार्टीका अध्यक्षबीच कुरा मिलेकाले आजै पार्टी एकताका विषयमा हस्ताक्षर हुनसक्ने सम्भावना रहको एमाले नेता सुवासचन्द्र नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।

केपी शर्मा ओली र प्रचण्डबीच आइतबार दिनभरजसो र सोमबार पनि भएको एक्लाएक्लै भेटमा लगभग सबै विषयमा कुरा मिलेको नेताहरुको दावी छ ।

आउँदो महाधिवेसनसम्म एमालेको जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं शताब्दीको जनवादबारे बहस चलाउने र त्यसपछि महाधिवेशनले नै सैद्धान्तिक विषय टुंगो लगाउने सहमति भएको पनि एमाले नेता नेम्वाङले जानकारी दिनुभयो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     8:25:01 PM  |