कोहलपुर,७ फागुन/ प्रजातन्त्र दिवसको अवसरमा सोमबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पस कमिटिद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान नै जिवनदान भन्ने मुल नाराका साथ उक्त रक्तदान गरिएको हो ।
कार्यक्रममा ५० जनाले रक्तदान गरेको कमिटीका अध्यक्ष हेमराज शाहीले जानकारी दिए । रगतको अभावले कसैको पनि अकालमै मृत्यु नहोस भन्नका लागि रक्तदान गरिएको शाहीले जानकारी दिए ।
पत्रकार ठकुरीकोे रक्तदान
बागेश्वरी टेलिभिजनका पत्रकार निरज सिंह ठकुरीको जन्म दिनको अवसरमा ठकुरी पत्रकार समाज बाँकेले रक्तदान गरेको छ ।
सोमबार नेपाल रेडक्रस सोसाइटी नेपालगञ्जको रक्त संकलन केन्द्रमा सो रक्तदान गरिएको हो ।
संघीय ईकाइ प्रहरी प्रमुख महेश विक्रम शाहले सामाग्री हस्तान्तरण गरेर शुरु भएको रक्तदान कार्यक्रममा २५ जना भन्दा बढीले रक्तदान गरेका पत्रकार सिंहले जानकारी गराए ।
कार्यक्रम ठकुरी पत्रकार समाज बाँकेकी अध्यक्ष करुणा शाहको सभापतित्वमा भएको थियो ।