ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको साधारण सभा सम्पन्न



नेपालगञ्ज,७ फागुन/ ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र, बाँकेको वार्षिक साधारण सभा सम्पनन भएको छ ।

बाँके जिल्लाका पिछडिएका, विपन्न वर्ग, सिमान्तकृत समुदायहरु वीच विगत १६ वर्षदेखि महिला सशक्तिकरण, बचत समूह क्षमता अभिवृद्धि, आर्थिक स्वावलम्वन, स्वास्थ्य सचेतना कार्यक्रम, सामुदायिक स्वास्थ्य कार्यक्रम, विभिन्न तालिम गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उक्त केन्द्रले शनिवार साधारण सभाको आयोजना गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ७ गते सोमबार