24 September 2023  |   सोमवार, अशोज ८, २०८०

बाँके लर्ड बुद्ध स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

कोहलपुर,७ फागुन/   बाँकेको कोहलपुर नगरपालिका — २ पुष्पानगर स्थित बाँके लर्ड बुद्ध स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । वाषर््िाक उत्सवको नेशनल प्याब्सनका सचिव कुसुम राना भाटले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

विद्यालयकी शिक्षिका शारदा के.सीले स्वागत मन्तव्य राखे सगै स्ुारु भएको वार्षिक उत्सवमा विद्यालयका छात्र तथा छात्राहरुले विविध नृत्य गायन नाटक तथा थुप्रै सांस्कृतिक कार्यक्रमा हरु समेत प्रर्दशन गरेका थिए ।

सो वार्षिक उत्सवको अवसरमा विद्यालयमा वर्षभरी संञ्चालन गरिएका ऐथ्लेक्टिस तथा अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत
वितरण गरिएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन प्रदेश नं ५ का सदस्य गाविन्द चौधरी, प्याब्सनका जिल्ला अध्यक्ष कुबेर बस्नेत, जिल्ला सचिव श्याम कुवर, कोहलपुर ईकाई अध्यक्ष किशोर राज मल्ल, सचिव शिव डाँगी,सिद्धीविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण बहादुर राना,रेडियो प्रतिबोध एफएमका संञ्चालक समितका अध्यक्ष बुद्ध सुनार ऐमाले नेता कृष्ण आर्चाय लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोती प्रसाद भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     7:11:16 AM  |