मिसन संवादाता : बर्दिया,६ फागुन/ स्थानिय लोकतन्त्रलाई बलियो बनाउन आम नागरिक सूसुचित हुनु पर्ने बर्दियाका स्थानीय अगुवाहरुले जोड दिएका छन । शनिबार बर्दियाको सदरमुकाम गुलरियामा भएको विकासका लागी सञ्चार विषयक एक दिने विचार गोष्ठीमा सहभागी जिल्लाका स्थानीय तहका नेतृत्वकर्ता तथा जनप्रतिनिधिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले भएका सञ्चार माध्यमहरुको उपयोग नभएको र स्थानीय तहमा रहेका विषयगत विभागले पनि सूचना सम्बन्धी बजेट छुट्याउनु पर्ने बताए ।
त्यस्तै स्थानीय विकासलाइ दिगो बनाउन र समाजमा समानता ल्याउन सबैभन्दा कमजोर आर्थिक अवस्था भएका नागरिकहरुलाइ सूसुचित गर्नु पर्ने गुलरीया नगरपाकिाका उपप्रमुख सुशीला गीरीले बताईन ।
उनले स्थानिय लोकतन्त्रलाइ बलियो बनाउन जनप्रतिनिधिहरुलाइ उत्साहित गर्नु पर्ने बताईन । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बर्दियाली नागरिकहरुलाइ सुसूचित गर्न जिल्लामा एकिकृत सूचना प्रणाली लागु गर्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु, जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, मुक्त कमैयाँ, बरघर, पत्रकार र युएसएआइडीका साझेदार संस्था लगाएत ३२ जनाको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत रेडियो गुर्बाबा एफएम संचालक संस्था प्राचिन सृजनशिल आदिबासी समाजका सचिव तुला चौधरीले र कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष यादव आचार्यले गरेका थिए ।
यु.एस.ए.आइ.डी को साझेदारी परियोजनाको सहयोगमा रेडियो गुर्बाबा एफएम बर्दियाले आयोजना गरेको कार्यक्रममा बर्दिया जिल्लाको गेरुवा गाउँपालिका उपाध्यक्ष हीमा चौधरी, मधुबन नगरपालिकाका उप प्रमुख शुबरानी थारु, गैरसरकारी संस्था महासंघका अध्यक्ष बिष्णु तिमिल्सेना, नागरिक समाजका अगुवाहरु बालकृष्ण ओली दयाराम खडका लगाएतको उपस्थिति रहेको थियो ।
गोष्ठीको औचित्य माथी रेडियो गुर्बाबा एफएमका निर्देशक एकराज चौधरीले र बहसको सञ्चालन स्टेसन म्यानेजर पुष्पा चौधरीले गरेकी थिईन ।