24 September 2023  |   आइतवार, अशोज ७, २०८०

नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४  

रावन बिश्वकर्मा : बर्दिया,६ फागुन/  बर्दियाको बाँसगढीमा नेतृत्व विकास र सकारात्मक सोच विकास सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।

नगर स्तरीय बाल सञ्जाल, नगर स्तरीय युवा सञ्जाल, युवा नेतृत्व उप समिति सामुदायिक पुस्तकालय बाँसगढी र युराशिया रेयुकाईको संयुक्त आयोजनामा बाँसगढी सामुदायिक पुस्तकालयको भवनमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

नगर स्तरीय युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, युराशिया रेयुकाई शिक्षा सम्बन्धी जानकारी युराशिया रेयुकाई युवा हुर्काउने मार्ग निर्देशक जिम्मेवारकर्ता प्रिया लामिछाने, युराशिया रेयुकाई शिक्षा मार्ग निर्देशक चित्रबहादुर गुरुङ, मात्री चन्द ठकुरी, बाँसगढी सामुदायिक पुस्तकालयका अध्यक्ष गोविन्द प्रसाद शर्मा, युवा सञ्जाल बर्दियाका सदस्य कृष्ण राज ढकाल लगायत अथिति रहेका थिए ।

सकारात्मक सोचको विकासको बारेमा प्रशिक्षण प्रशिक्षक नारायण प्रसाद सिग्देलले गरेका थिए । शुक्रबार ट्राफिक जनचेतना लागु पदार्थ दुव्यसनी चुनौती र रोकथाम विषयक अन्तरक्रिया पनि गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     7:34:02 AM  |