कोहलपुर,५ फागुन/ बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव माघ २६ गते देखि फागुन ८ गते सम्म सञ्चालन हुने भनिएको महोत्सव एक दिन थपिएको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् ।
दर्शकहरुको माग अनुसार शनिबार बसेको महोत्सव मुल समितिको बैठकले एक दिन थप्ने निर्णय गरेको उनले बताए । त्यस्तै महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तर्गतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडिबुटि, सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, होटल १८ वटा, थारु गाउँका लागि ११ वटा स्टल रहेका छन् ।
साथै महोत्वसबाट संकलन भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन बनाउने लक्ष्य लिईएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बताएका छन् ।
साथै उनले बचत रकमबाट केहि शिक्षा, स्वास्थ्य, खेलकुद र सामाज सेवामा लगाउने योजना रहेको जानकारी दिएका छन् ।