यानबी साहु : कोहललपुर,४ फागुन/ ईलाका प्रहरी कार्यालय कोहलपुरको लागुऔषध नियन्त्रण ब्यूरोको विषेश टोलीले कोहलपुर दशविगाहबाट ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउसो दशविगाह स्थित राप्ती होटलको कोठा नं.४ बाट भारतको बहराइज जिल्लाको रुपैडिहा घर भएका वर्ष ४० को नन्दु कुरेसी, बाँके बैजनाथ गाउँपालिका–२ पहाडिपुर बस्ने वर्ष १८ का सन्तोष थापा र बैजनाथ–१ बस्ने वर्ष १७ का प्रकाश नेपाली पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट २६ ग्राम ब्राउनसुगर बरामत गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।
नन्दु कुरेसीले भारतबाट लागुपदार्थ नेपाल ल्याउने र सन्तोष थापाले सेवनकर्तासम्म पु¥याई बिक्रि गर्ने साथै सन्तोष र प्रकाश दुबै लागुपदार्थ सेवनकर्ता समेत रहेको भट्टराईले बताए । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान भइरहेको भट्टराईले बताए ।









प्रतिक्रिया दिनुहोस्