उच्च शिक्षाको गुणस्तरमा जोड दिन आवश्यक



कोहलपुर,४ फागुन/   उच्च शिक्षाको गुणस्तर सुधारमा प्रगतिशील प्रध्यापकहरुको भूमिका विषयक अन्तरक्रिया कोहलपुरमा सम्पन्न भएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस इकाई कमिटी बागेश्वरी क्याम्पसको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्राध्यापकहरुले बदलिदो शिक्षालाई कसरी विद्यार्थीहरु माँझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयलाई प्रमुखताका साथ उठान गरेका थिए ।

अबको शिक्षामा गुणस्तर के हुने भन्ने विषयमा उप– प्रध्यापक तोयानाथ पहाडीले आफ्नो कार्यपत्र समेत प्रस्तुत गरेका थिए । उनको कार्य पत्रमा विद्यार्थीको गुणस्तर के हुने सिकाई वातावरण कसरी उपलब्ध गराने र विषय वस्तु कसरी गुणस्तरीय बनाउने भन्ने बारेमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कुमार कोइराला, विशिष्ट अतिथिका रुपमा प्रगतिशील प्राध्यापक संघका क्षेत्रीय अध्यक्ष डा. यादब राज लामिछाने लगायत बाँकेका सम्पूर्ण क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थिायो ।

कार्यक्रममा अब मध्यपश्चिम विश्वविद्यालयमा गाभिने क्याम्पसहरुको बारेमा समेत छलफल भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार