रावन बिश्वकर्मा : बाँसगढी,४ फागुन/ बर्दियाको बाँसगढीमा ट्राफिक जनचेतना , लागु पदार्थ दुव्यसनी, यसका चुनौती र रोकथाम बारे अन्तरक्रिया गरिएको छ ।
शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल र अस्थाई ट्राफिक पोष्ट बाँसगढीका प्रहरी सहायक निरीक्षक मानसिङ टेरले सहजिकरण गरेका थिए ।
कार्यक्रम सहजिकरण गदै टेरले बाँसगढीमा सवारी साधन दुर्घटना हुनुमा सवारी चालकहरुको लापरबाही, मादक प्रदाथ सेवा गरी सवारी साधन चलाउनु, ट्राफिक नियमको पालना नगर्नाले सवारी दुर्घटना हुने गरेको बताए ।
कार्यक्रममा सहभागीहरुलाई सवारी दुर्घटना किन र कसरी हुन्छ भन्ने भिडियो क्लिप पनि देखाइएको थियो । त्यस्तै प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पालले लागु पदार्थ दुव्र्यव्यसनी तर्फ युवाहरु किन दिन प्रतिदिन फसिरहेका छन, रोकथामको लागि के गर्न सकिन्छ लगायत लागु पदार्थ दुव्र्यसनीका बारेमा सहजिकरण गरेका थिए ।
नगर स्तरीय बाल सञ्जाल, नगर स्तरीय युवा सञ्जाल, युवा नेतृत्व उप समिति सामुदायिक पुस्तकालय बाँसगढी र युराशिया रेयुकाईको संयुक्त आयोजनामा बाँसगढी सामुदायिक पुस्तकालयको भवनमा कार्यक्रम भएको थियो ।
नगर स्तरीय युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, युवा सञ्जाल बर्दियाका अध्यक्ष केशव टमाटा, युराशिया रेयुकाई शिक्षा सम्बन्धी जानकारी युराशिया रेयुकाई युवा हुर्काउने मार्ग निर्देशक जिम्बेवार कर्ता प्रिया लामिछाने, युराशिया रेयुकाई शिक्षा मार्ग निर्देशक चित्रबहादुर गुरुङ, बाँसगढी उद्योग बाणिज्य सँघका अध्यक्ष कटक बिसि लगायत बाँसगढी नगरपालिकाका उल्लेख्य युवाहरुको सहभागीता रहेको थियो ।
युवा नेतृत्व उप समिति सामुदायिक पुस्तकालय बाँसगढी सहसंयोजक दुर्गा सिहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अनोज थारुले नगर स्तरीय युवा सञ्जालका अनोज थारुले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्