कोहलपुर महोत्सवमा थारु गाउँको छुट्टै रौनकता



कविन्द्र परियार : कोहलपुर ४ फागुन/  गत माघ २६ गते देखि कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव भित्र रहेको थारु गाँउले महोत्सवमा छुट्टै रौनकता थपेको छ ।

थारु समुदायको सम्पूर्ण कला संस्कृति अवलोकन गर्न पाइने र थुप्रै मिठा मिठा परिकारहरु खान पाइनुका साथै थारु गित संगितमा रम्न समेत पाइन्छ ।

यस कारण पनि थारु गाँउमा थुप्रै दर्शकहरु अवलोकन गर्न जान थाले पछि थारु गाउँको छुट्टे रौनतकता बढेको थारु गाउँका संयोजक कृष्ण चौधरीले बताए ।

थारु गाउँको अवलोकन गर्न आएका कोहलपुर नगरपालिका वडा न.१ का अध्यक्ष गोपीलाल खनालले थारु गाउँमा सिंगो पुरानो थारु संस्कृति अवलोकन गर्न पाइने र कोल लगायतका पौरानिक प्रयोगका बस्तुहरु तथा बाँकेको ऐतिहासिक सामाग्री अवलोकन गर्नपाइने भएका कारण महोत्सवमा रहेको थारु गाउँ अवलोकन गर्न आएको बताए ।

त्यस्तै थारु गाउँको अवलोकन गर्न आएका नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण गौडेलले थारु संस्कृतिका पुराना हराएका सामाग्रीहरु थारु गाउँमा देख्न सकिने र थारु समुदायका सम्पुर्ण परिकारहरु खान पाइने भएका कारण थारु गाउँ अवलोकन गर्न आएको बताए ।

थारु गाउँमा सबैजना एक पटक अवलोकन गर्न आउनै पर्छ निकै राम्रो रहेछ उनले भने । थारु गाउँमा थारु समुदायमा प्रचलित स्वादिष्ट परिकारहरु समेत दर्शकहरुको उत्तिकै मन तानेको व्यवसायीहरुले बताएका छन ।

कैलालीको धनगढीबाट महोत्वमा स्टल संञ्चालन गरिरहेकी सुष्मा चौधरीले थारु गाउँमा विशेष गरी घुङगी बढी मात्रामा विक्रि हुने गरेको बताइन । अर्की व्यवसायी निर्जला कुस्मी थारुले पनि अन्य परिकार भन्दा घुङगी धेरै विक्रि हुने गरेको बताइन ।

महोत्सवमा थारु समुदायका विशेष परिकारको रुपमा खाइने ,ढिक्री, माछा, घुङगी,लोकल कुखुराको मासु,गंगटा ,बंगुरको सेकुवा,झिंगेमाछा लगायतका परिकारहरु पाईने गरेका छन ।

थारु गाँउमा अवलोकन गर्नका लागि थारु समुदायका ऐतिहासिक तथा पौराणिक मानिएका कोल ठन्हवा,अटुवा,डोला ,लडिया,ढकिया , मटिया लगायतका सामाग्रीहरु राखिएका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार