डाइनामिक उच्च माध्यामिक विद्यालयको १३ औं वार्षिक उत्सव सम्पन्न



कविन्द्र परियार : कोहलपुर,४ फागुन/   कोहलपुर नगरपालिका १० स्थित डाइनामिक उच्च माध्यामिक विद्यालयको प्रा.ली १३ औं वार्षिक उत्सव बिहिबार सम्पन्न भएको
छ ।

वार्षिक उत्सवको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख रावतले विद्यार्थीहरुको समग्र शैक्षिक विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापहरु लाई जोड दिनुपर्ने बताए ।

कार्यक्रमा बोल्दै राष्ट्रिय परिक्षा बोर्ड क्षेत्रिय कार्यालय कोहलपुरका प्रमुख गिरमान थापाले विद्यालय हरु दुईथरीका भएपनि दुवैको लक्ष्य असल नागरिक उत्पादन गर्ने भन्दै सामुदायिक विद्यालय र संस्थागत विद्यालयको पाठ्यक्रम एउटै रहेको बताए ।

कार्यक्रममा विद्यालयका रविन्द्र रेग्मीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक उत्सव कार्यक्रममा पूर्व प्राथामिक तहका विद्यार्थीहरुले निकै आकर्षक राइम्स तथा नृत्यहरु प्रस्तुत गरेका थिए भने अन्य तहका विद्यार्थीहरुले थुप्रै नृत्य तथा गितहरु प्रस्तुत गरेका थिए ।

साथै कार्यक्रमा उपस्थित अभिभावकहरुलाई गोला प्रथाको माध्यम कार्यक्रम संञ्चालन गरि उपहार समेत प्रदान गरिएको थियो । त्यसै गरि वार्षिक उत्सवमा वर्षभरी संचालन गरिएका एथ्लेक्टिस तथा अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा अभिभावकको तर्फबाट सिता सापकोटा तथा राजन देव थापा र विद्यार्थीको तर्फबाट शरद रिजालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोहलपुर नगर शिक्षा प्रमुख मन प्रसाद रेग्मी,कोहलपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष निम बहादुर चलाउने, डाईनामिक बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष नेरन्द्र प्रसाद पौडेल, बागेश्वरी बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष होम प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम डाईनामिक माध्यामिक विद्यालय प्रा.लीका संचालक समितिका अध्यक्ष ईश्वर प्रसाद पोख्रलको सभापत्विमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार