वाम गठवन्धनको सरकार बनेकोमा खुशियालीमा दीप प्रज्वलन



कोहलपुर,४ फागुन/    लामो अपेक्षपछि मुलुकमा वाम गठवन्धनको बहुमतको सरकार बनेको र बिहिबार नै मुलुकको ४१औं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियूक्त भएपछि खुशियाली स्वरुप कोहलपुरमा रहेको नेकपा एमालेको पार्टी कार्यलयमा दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका बाँके क्षेत्र नम्बर १ का ईन्चार्ज सूर्य ढकालले जनताको अपेक्षअनुसार नेपालमा वाम गठबन्धनको बहुमतको सरकार र त्यसको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओलीले गरेकोमा खुसी व्यक्त गर्दै अब नेपालमा वापन्थीहरुको नभई दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई एउटै पार्टी हुने भएकाले यो सरकार नेपालमा एउटै पार्टीको पूर्ण बहुमतको सरकारको हुने दावी गरे ।

ढकालले पूर्ण बहुमतको सरकारले पाँच वर्ष स्थिर सरकार सञ्चालन गरी देशको आर्थिक संमृद्धिको लागि ठोस कार्यक्रमहरु ल्याएर जनतालाई प्रत्यक्ष राहत पु¥याउने विश्वास समेत व्यक्त गरे । दीप प्रज्वलन कार्यक्रममा वाम गठबन्धनका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार