कोहलपुर,४ फागुन/ बाँकेमा आगामी आगामी फागुन १२ गते देखी १४ गते सम्म हात्तिपाईले रोग विरुद्धको औषधी खुवाइने भएको छ । हात्तिपाईलेको जोखीम रहेका तराईका बिभिन्न जिल्ला संगै बाँकेमा पनि हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन थालीएको हो ।
पहिलो दिन टोलटोलका बुथ सेन्टरहरुमा औषधी खुवाउने, दोस्रो दिन घरघरमा स्वास्थ्य स्वयम सेविकाहरु पुगेर औषधी खुवाउने र छुटेकाहरुलाई तेस्रो दिन खुवाउने गरी कार्यक्रम बनाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हात्ति पाईले रोगको न्युनिकरण नभएपछी जिल्लामा अभियान शुरु गर्न लागीएको जानकारी गराएको छ ।
बाँकेमा ७ बर्ष अगाडी हात्तिपाइले बिरुद्धको औषधी सेवन पछी ४ जनाको मृत्यू भएपछी औषधी सेवनका लागी सर्वसाधारणहरु डराउने गरेका छन । सोही कारण हात्तिपाईले रोग विरुद्धको अभियानमा बाँकेले सफलता हासिल गर्न सकेको छैन ।
तर चिकित्सकहरुले भने हात्तिपाईले रोग बिरुद्धको औषधी सेवनबाट कुनै हानि नहुने ठोकुवा गरेका छन । बाँकेमा ग्रामीण क्षेत्रको तुलनामा उपमहानगरपालीका भित्रै औषधी सेवन गर्ने सर्वसाधारणको कमी भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य प्रसासक खिम बहादुर खडकाले जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार यो आठौ चरणको कार्यक्रम हो । सातौ चरण सम्म औषधी खुवाएर अभियान पुरा हुने भए पनि बाँकेमा यस अगाडीका कार्यक्रमहरुमा औषधी खानेहरुको संख्या कम भएकाले आठौ चरणमा औषधी खुवाउने कार्यक्रम राखिएको हो । बाँकेमा ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्य राखीएको छ ।
त्यसको लागि २ हजार ३ सय बढि स्वास्थ्य स्वयम् सेवकहरु र ३ सय ४६ जना स्वास्थ्यकर्मि परिचालन गरिने भएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवति आमाहरु र ७ दिन सम्मका सुत्केरी आमाहरुले यो औषधी नखान कार्यालयले बताएको छ ।
यस्तै सिकिस्त विरामीहरु दैनिक क्रियाकपाल गर्न नसक्ने, ओछ्यानमा परेको, कलेजो, मृगौला, फोक्सोको दिर्घ रोगीहरुले औषधी सेवन गर्न नहुने जिल्ला जनस्वास्थ्य कार्यालय बाकेले जनाएको छ । हात्तिपाईले (फाईलेरिया) एक सरुवा रोग हो









प्रतिक्रिया दिनुहोस्