काठमाडौं,१ फागुन/ इंलिस प्रिमियर लिगमा चेल्सीले वेष्टब्रोमलाई ३–० ले हराएको छ ।
घरेलु मैदान स्टामफोर्ड व्रिजमा गएराति भएको खेलमा चेल्सीलाई जिताउन इडेन हजार्डले पहिलो हाफको २५ तथा दोस्रो हाफको ७१ मिनेटमा गरी २ गोल गरेका थिए । यस्तै भिक्टर मोएसले पनि एक गोल गरेका छन् ।
नतिजासँगै चेल्सी टोटनह्यामलाई उछिन्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । सन् १९८३ यता चेल्सीको घरेलु मैदानमा भएका कुनै पनि खेलमा बेष्टब्रोमले चेल्सीलाई हराउन सकेको छैन ।
२७ खेल खेलिसक्दा चेल्सीले ५३ अंक जोडेको छ भने लिग लिडर म्यानचेस्टर सिटीले ७२ अंक छ ।
प्रकाशित मिति : २०७४ फागुन १ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्