कोहलपुर,२९ माघ/ यही माघ २६ गते देखि सञ्चालन भइरहेको ‘कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव२०७४’ आयोजक कोहलपुर उद्योग व्यापार संघले छाडा कलाकार बोलाएर उच्श्रृखल र सामाजिक मर्यादा विपरीत प्रस्तुत भएको भन्दै कोहलपुरका एक दर्जन महिला अगुवाहरुले ध्यान आकर्षण भएको जनाएका छन् ।
उनीहरुले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी आयोजकलाई सचेत भएर मेला सञ्चालन गर्न आग्रह गरेका छन् । महोत्सवको दोस्रो दिन छाडा तथा उच्श्रृखल भलगर कलाकार सरस्वती लामाको प्रस्तुतीले मेला स्थल तनाव ग्रस्त बन्न पुगे पछि प्रहरीले कुशलताप्रर्वक ठूलो दुर्घटना बिना भिड नियन्त्रण गरेको थियो ।
कोहलपुरमा रहेका एक दर्जन महिला नेतृ तथा अधिकारकर्मीहरुले विज्ञप्ति निकाल्दै लामाको प्रस्तुतीले सभ्य महिलाहरुलई चिन्तित बनाएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ–‘सामाजकि विकृति विसङ्गगतिका विरुद्ध लागि रहेका हामी महिलाहरुको तर्फबाट यस्ता क्रियाकलापहरु प्रति सचेत रही मेला सञ्चालन गर्न र कलाकारहरुले पनि मेलामा सालिनता पूर्वक प्रस्तुती राखि दिनुहुन अनुरोध गर्दछौं ।
यसरी विज्ञप्ति जारी गर्नेहरुमा एमाले नेतृ तथा बाँके क्षेञ नं प्रदेश सभा (ख) सदस्य आरती पौडेल, कोहलपुर नगरकार्यपालिकाका सदस्यहरु कल्पना अधिकारी र लिला पाण्डे, महिला उपकार मञ्चकी अध्यक्ष बिजुला अधिकारी, अखिल नेपाल महिला संघ प्रदेश ५ सदस्य भारती खनाल, अखिल नेपाल महिला संघ बांके अध्यक्ष बिम्मिरानि पन्थी , नेपाल क्रान्तिकारी महिला संघ बाँके अध्यक्ष गोमा शाहि, रहेका छन् ।
यसैगरी महिला सञ्जाल कोहलपुरका अध्यक्ष मिना सिग्देल , अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेश ५ की उपाध्यक्ष रेणुका खडका, फातिमा फाउणडेसन नेपालका सदस्य गंगा वली , साझा सहकारी संस्थाका मन्जु सत्याल र महिला उपकार मञ्च का उपाध्यक्ष चन्द्रकला न्यौपाने रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्