कोहलपुर,२९ माघ/ बाँकेको कोहलपुर नगरपालिका—९ हवलदारपुर स्थित मर्माली कृषि सहकारी संस्था लिंमेटिडको छैठौं साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभाको सहकारी बोर्डका केन्द्रीय सदस्य तथा मध्यश्चिम सदस्य देव बहादुर के.सीले उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि के.सीले सहकारी ऐन २०७४ले सहकारी भित्र रहेका सबै विकृतिहरु हटाउने बताए । साथै उनले सम्पुर्ण शेयर सदस्यहरुले नयाँ सहकारी ऐन पाउनु भाग्यमानी महसुस गर्नुपर्ने बताए ।
त्यस्तै जिल्ला सहकारी संघका बाँकेका अध्यक्ष पे्रम सुवेदीले सहकारीहरु अव निति,विधि र प्रविधिमा चल्नुपर्ने बताए । साथै उनले सहकारीले ९६ प्रतिशत ऋण असुली उदाहरणीय काम रहेको बताए ।
सभामा संस्थाका अध्यक्ष मान बहादुर रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७३÷०७४ को करिब ६ करोड ६६ लाख ७९ हजार १ सय १६ रुपैयाको आय व्यय प्रस्तुत गरिएको थियो ।
साथै वयोवृद्ध छली थापा, सफल कृषक कुले रावत उत्कृष्ट बचतकर्ता रुपा बुढाथोकी, चन्दारानी थारु,सिना कुमारी कंडेल, प्रकाश बुढामगर,प्रिती श्रेष्ठ र
सम्झना श्रेष्ठ पाण्डेलाई दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
सहकारीले “थोरै –थोरै खेतीबारी थोरै –थोरै धन सानो –सानो खेलो व्यापार खुसी हाम्रो मन” भन्ने मुलनाराका साग शेयर सदस्यहरुका लागि उत्कृष्ट नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेको छ ।
कार्यक्रमा दिगो कृषिसहकारी संस्थाका अध्यक्ष नम बहादुर आले, अस्थाई प्रहरी चौकी हवलदारपुरका प्रहरी सहायक निरिक्षक कमल के.सी ओपेन्द्र यागी शेयर सदस्यहरु संञ्चारकर्मी लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष मान बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्