एक साताभित्र पार्टी एकता गर्ने एमाले माओवादीको सहमति



काठमाण्डौं,२९ माघ/   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति भएको छ ।

ललितपुरको मानभवनमा आज दिउँसो भएको एक्ला–एक्लै छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् ।

पार्टी एकीकरणको नेतृत्व र स्वरुपबारेमा भोलि बिहान अध्यक्षद्वय फेरि एक्ला–एक्लै छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ ।

आज भएको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत भएको स्रोतले जनाएको छ ।

पार्टी एकतापछि ओली र प्रचण्ड दुवै सहअध्यक्ष हुने सहमति पनि आज भएको बताइएको छ ।

फागुन ६÷७ गते पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकता गर्ने बारेमा पनि छलफल गरेका हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार