कोहलपुर,२८ माघ/ साना किसान जिल्ला सहकारी लिमिटेडको दोस्रो साधारण सभा तथा अधिवेशनबाट सतिवेदी तिमिल्सेना (ढकाल) अध्यक्षमा चयन भएकी छन् ।
शनिबार सहकारी डिभिजन कार्यालय नेपालगञ्जमा भएको सभाबाट ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति बनेको हो । संघको उपाध्यक्षमा आसमानी पुनमगर,सचिवमा लोकेन्द्र चन्द र कोषाध्यक्षमा भगवती अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा जानकी पुन,विना कुमारी पौडेल,शिव कुमार बर्मा, निलिख बैगार र पून्वा थारु रहेका छन् । त्यस्तै सभाले कृष्ण बिक्रम के.सी.को संयोजकत्वमा नेतराम गडरिया र ममता भियाल सदस्य रहेको लेखा समिति समेत चयन गरिएको संघकी अध्यक्ष सतिदेवी ढकालले बताइन् ।
संघको साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य देव बहादुर के.सी.ले साना किसानहरुको हक अधिकार र उनीहरुले प्राप्त गर्ने सेवा सुविधाहरुका बारेमा स्पष्ट पारेका थिए ।
सभामा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी , साना किसान कृषि सहकारी लि. की एकता शाह लगायतले शुभकामना व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्