महोत्सवमा अपमानित भएकोमा वडा अध्यक्षहरुको आपत्ति



कोहलपुर २६ माघ / शुक्रबार देखी कोहलपुरमा सुरु भएको कोहलपुर उद्योग व्यापार तथा पर्यटन महोत्सवमा कोहलपुर नगरपालिकाका १५ वटै वडाका अध्यक्षहरुले आपत्ती जनाएका छन । आफूहरुलाई आसनग्रहणमा तथा अन्य कुरामा कोहलपुर उद्योग वाणिज्य संघले अपमान गरेको भन्दै आपत्ती जनाएका हुन । हामीलाई आसन्न ग्रहणमा भेदभाव गरियो नामै नभनि १५ वटाका वडा अध्यक्ष भनियो ।

त्यसकारण हामीले मायाको चिनो पनि ल्याएनौ , कोहलपुर नगरपालिका १३ का वडा अध्यक्ष ओमप्रकाश वलीले भने । हामीलाई त भेडाबाख्रा जस्तो व्यवहार गरियो । यसमा हाम्रो आपत्ती छ । उनले भने यस्तै कोहलपुर कार्यपालिका सदस्य भिम बहादुर नेपालीले अन्य सामान्य व्यक्तिहरुको नाम भन्ने र स्थानिय सरकारका प्रमुखहरुको आसनग्रहणमा नाम नभन्नु अपमान भएको बताए ।

कार्यापालिका सदस्यहरुको त नाम भनिएन तर वडाअध्यक्षको नाम भन्नु पथ्र्यो उनले भने । कोहलपुर नगरपालिका ८ का वडाअध्यक्ष रेशम खत्रीले महोत्सवमा बोलाएर आसनग्रहण समेत नगराउनु उद्योग वाणिज्य संघले स्थानीय सरकारको उपहास गरेको बताए । उद्योग वाणिज्य संघ स्थानीय सरकारको एक खम्बा भएपनि स्थानीय सरकारसंग  सहकार्य गर्न नचाहेको वडाअध्क्षहरुले आरोप लगाएका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार