एस.एस.बीद्वारा किशोरी शिक्षा सम्बन्धी सचेतना



यम घिमिरे : बर्दिया,२५ माघ/  सशस्त्र सीमा बल (एस.एस.बी.) छैठांै वाहिनी नानपाराको मुर्तीहा ई कम्पनिले गुलरियासँग सीमा जोडिएको भारतकोे सलारपुरमा सामाजिक चेतना अभियान अन्तरगत महिला हिंसा तथा मानव बेचबिखन नियन्त्रण ,छोरी बचाउ र बृक्षारोपण अभियान तथा किशोरी शिक्षा सम्बन्धी सचेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

सीमा क्षेत्रमा बसोबास गर्नेहरुलाई सामाजिक रुपले जागरुक गर्न र उनीहरुको राष्ट्रभक्तिको भावना विकास गर्न सलारपुरमा शुरु गरिएको सो अभियानको एस.एस.बी. ई कम्पनि मुर्तीहाका कमाण्डेण्ट एंव सौजन्यकर्ता बत्सल चौधरीले उद्घाटन गरे ।

अभियान अन्तरगत सीमान्तकृत क्षेत्रको विकासका लागि भारत सरकारले संचालन गरेका कार्यक्रमहरुको साथै वृक्षारोपण, छोरी बचाउ अभियान,किशोरी शिक्षा र वृक्षारोपणको महत्व बारे सडक नाटक र गीत संगीत मार्फत स्थानीय समुदायलाई सचेतना जगाइएको छ । सोही कार्यक्रममा प्रावि सलारपुरका विद्यार्थीहरुले गीत,संगीत,नृत्य र कविताको माध्यमबाट आफनो प्रतिभा समेत प्रस्तुत गरे।

प्रेस क्लबका अध्यक्ष यम घिमिरे,उद्योग वाणिज्य संघ गुलरियाका द्वितीय उपाध्यक्ष मनोजकुमार यादव,सलारपुर उच्च प्राविका प्रधानाध्यापक बलवन्त सिंहले नेपाल भारत सीमामा तैनाथ भएका एस.एस.बी.का जवानहरुले इमानदारी,देशप्रेम र सत्यनिष्ठाका साथ देशसेवाको साथसाथै सीमा क्षेत्रमा बसोबास गर्दै आइरहेका सीमान्तकृत समुदायका लागि सोलारबती, खानेपानी धारा निःशुल्क रुपमा उपलब्ध गराउदै आएकोमा एस.एस.बी.को सो कार्यको प्रशंसा समेत गरे ।

सन् १९६५ सेप्टेम्बर २३ मा हिमाञ्चल प्रदेशमा स्थापना भएको सशस्त्र सीमा बल छैठांै वाहिनी नानपाराले नेपाल भारत सीमामा तैनाथ भई सीमामा हुने तस्करी,घुसपैठ र अन्य अवैध गतिविधिलाइ निस्तेज पारेको छ । उसले करौडांै मुल्यका निषेधित वस्तुहरु, मादकपदार्थ, जाली नोट, हतियार, गोलीहरु समाउनुका साथै कयौं विद्रोहीहरु, तस्करहरु र एजेण्टहरुलाइ समेत गिरफतार गरेको छ ।

सशस्त्र सीमा बलले हाल १ हजार ७ सय ५१ किलोमिटर लामो नेपाल तथा भारत र ६सय ६९किलोमिटर लम्बाइको भारत भुटान सीमामा राष्ट्रिय सुरक्षा हित सम्बन्धी जिम्मेवारी सम्हाल्दै आइरहेको छ ।  सीमा क्षेत्रमा सुरक्षाको भावनाको बिकास गर्नुृ,सीमा आरपार हुने अपराध रोक्नु ,देश भित्र र बाहिर हुने अनाधिकृत प्रवेशलाइ रोक्ने र अन्य अवैध गतिविधिहरुलाइ रोक्नु लगायतका कृयाकलापहरु एस.एस.बी.को चार्टर अफ डयुटीमा सामेल छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार