डिल्ली शाही माघ २३ / नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले २३ औं जिल्ला सम्मेलन तिव्र तयारी भइरहेको छ ।
अखिल क्रान्तिकारी विद्यार्थी संगठनले आफ्नो पार्टी एकताको २३औं जिल्ल सम्मेलनको बाँके जिल्लामा पनि विभिन्न शिक्षण सस्थामा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तिव्रता दिएको छ । नेपालगन्ज, कोहपलुर, बैजनाथ, राप्तीसोनारी लगायत विभिन्न शिक्षण संस्थाहरुमा आफ्नो संगठन विस्तार गरेको छ ।

नेपालगञ्ज मध्यपश्चिम बहुमुखी क्याम्पसमा अम्मर बुढाको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्माण गरेको छ । त्यस्तै धम्बोजी उच्च माध्यामिक विद्यालयमा अंकित गुप्ताको अध्यक्ष, इन्चार्जमा जगत विसी सहित २५ सदस्यीय इकाई समिति गठन गरेको छ । अखिल क्रान्तिकारी विद्यार्थी संठगनले पनि कोहलपुरमा जिल्ला सम्मेलनको लागि तयारीको लागि शिक्षण विभिन्न संस्थाहरुमा कमिटि गठन गरिएको छ । जसमा सगरमाथा माध्यामिक विद्यालयका अध्यक्ष ज्योति हमाल सहित ११ जना सदस्य रहेका छन् । त्यस्तै लक्ष्मी माध्यामिक विद्यालयका अध्यक्ष पदमा विक सहित ११ सदस्य, ज्ञान ज्योति माध्यामिक विद्यालय चप्परगौडिमा दिपक राज पौडेल सहित १३ सदस्य , राम जानकी माविका अध्यक्ष टेक राज पाण्डे सहित ७ सदस्य समिति गठन गरिएको बाँके जिल्ला कार्यालय सदस्य राजेन्द्र विष्टले बताएका छन् ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मोहमद फारुक गुजरको नेतृत्वमा भएको कार्यक्रममा अखिल क्रान्तिकारी बाँके जिल्ला कार्यालय सदस्य राजेन्द्र बिस्ट, मर्मजङ बम दिनेश के.सी. अखिल क्रान्तिकारी बाँकेका निवर्तमान जिल्ला इन्चार्ज धर्म राज न्यौपाने , निवर्तमान केन्द्रीय सचिवालय सदस्य माधब डि. सि लगाएत को उपस्थितमा संगठन निर्माण गरिएको बताइएको छ ।











प्रतिक्रिया दिनुहोस्