प्रादेशिक महोत्सव सम्पन्न



नेपालगञ्ज,२२ माघ/    नेपालगञ्ज उद्योग वाणिज्य महासंघको गत माघ ११ गतेदेखि सञ्चालन गरेको प्रादेशिक महोत्सव आज माघ २२ गते सोमबार सम्पन्न भएको छ ।

प्रादेशिक महोत्सव नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित सडक डिभिजन कार्यालयको परिसरमा सञ्चालन भएको थियो ।

महोत्सवबाट जम्मा भएको रकमले अन्तर्रा्ष्ट्रिय स्तरको सेमीनार हल बनाउने लक्ष्यका साथ नेपालजगञ्ज उद्योग वाणिज्य संघद्वारा प्रादेशिक महोत्सव संचालन गरिएको हो ।

महोत्सवमा बिभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरन्जन प्रदान गरेका थिए भने व्यवसायिक गतिबिधि समेत बढ्ेको थियो ।

माघ ११ गतेबाट नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन भएको महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका थिए ।

महोत्सवलाई ब्यवस्थितरुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान समेत गरीएको थियो ।

यसअघि गरिएका विभिन्न किसिमका व्यापार मेला तथा प्रदर्शनीबाट सवा दुई करोड रुपियाँ नेपालगञ्ज उद्योग वाणिज्य संघ समितिले बचत गरेकोमा हालको कार्य समितिले उक्त रकम मध्ये करिब १ करोड रुपैया विभिन्न शिर्षकमा खर्च गरिसकेको स्रोतले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार