सोमबार देखि सुजुकीको एक्सचेन्ज मेला सञ्चालन



मिसन समाचारदाता २१ माघ, कोहलपुर सुजुकी मोटर कार्पोरेशनको नेपालका लागि आधिकारिक आयातकर्ता भिजि सुजुकीले काठमान्डौं बाहिरका अधिकांश शहरहरुमा यही माघ २२ गते देखि एकै साथ सुजुकी मेगा एक्सचेञ्ज मेला संचालनमा ल्याएको छ ।
सो एक्सचेन्जको अवसर पारेर कम्पनिले कुनै पनि ब्राण्डका मोटरसाईकल तथा स्कुटर साटफेर गर्दा १५,००० र अतिरिक्त बोनस रकम तुरुन्तै प्रदान गर्ने जानकारी दिएको छ । मेलामा स्वतह स्फुर्त रुपमा खरिद गर्ने ग्राहकहरुका लागि समेत विशेष छुट प्रदान गर्ने कम्पनिले जनाएको छ । यस अघि यस्तै प्रकृति को ३ वटा मेगा एक्सचेञ्ज मेला भव्यताका साथ सम्पन्न गरेको कम्पनिले सो हौसलालाई आधार मान्दै यही माघ देखि पुन मेगा मेला संचालनमा ल्याएको कम्पनिले जानकारी दिएको छ । हाल सुजुकिका नेपाली बजारमा उपलब्ध मोडलहरु जापानीज प्रविधियुक्त भएको हुँदा यसको मजबुतिले सुजुकि प्रयोगकर्तालाई आर्थिक रुपमा समेत बचत हुन जाने र छिटो छिटो साटफेर को झण्झट गर्नु नपर्ने हुनाले प्रयोग गर्न निकै सहज रहेको र ५ वर्ष सम्मको वारेन्टी भएको हुँदा निर्धक्क सँग प्रयोग गर्न सकिने कम्पनिले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार