अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो



नेपालगञ्ज,१२ माघ/  “आर्थिक बिकासका लागि सुरक्षित व्यवसायिक वातावरण” भन्ने मुख्य नारा सहित शुक्रबार नेपालगञ्ज स्थित नेपालगञ्ज भन्सार कार्यालयले ६६औं अन्तराष्ट्रिय भन्सार दिवस मनाएको छ ।

राज्यको मेरुदण्ड मानिने भन्सार र राजश्वका नेपालगञ्ज स्थित सबै निकायका अधिकारीहरुको उपस्थितिमा नेपालगञ्ज भन्सार कार्यालयले आफनो अन्तराष्ट्रिय दिवस मनाएको छ ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भन्सार राजश्वको स्रोत भएको र नेपालको वार्षिक बाह्र सय अठहत्तर अरब बजेट राजश्व उठाएर नै खर्च गर्ने गरिएकोमा अब संघियतामा मुलुक गएकाले खर्च गर्ने निकाय पनि बढिरहेकाले त्यसको आर्थिक व्यवस्थापनमा चिन्ता चाहेर गरेका छन् ।

यसको पूर्ति गर्न करको दायरा पनि बढाउनु पर्ने आवश्यताा रहेको बताए । मुलुककको बाह्र सय अठहत्तर (१२७८) अरबको बजेट मध्य तीन सय तीस (७३०) अरब राजश्वबाट उठने गरेको र त्यसमा ८ अरब राजश्व नेपालगञ्ज भन्सार कार्यालयले उठाउने गरी कार्य गरिरहेमा जानकारी गराए ।

केसीेले राजश्व नबढे सम्म अपेक्षा गरिएको विकास गर्न नसकिने र अन्तर्राष्ट्रिय स्तरमा भन्सार शुल्क शुन्यमा झानुपर्ने नेपालको बाध्यता तर्फ ओल्याउदै राज्यको ५० प्रतिशत बजेटको सहित रहेको भन्सार राजश्वलाई नजर अन्दाज गरेर जान नसकिने भएकाले यसलाई समयअनुकुल परिमार्जन चुस्त दुरुस्त गर्न जरुरी रहेका बताए ।

भन्सारमा निकै चुनौती र जटिलता रहेकाले त्यसलाई राज्यका सबै अंगहरु मिलेर अझै भन्सारका सेवा र सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सबैले ध्यान पु–याउन केसीेले आग्रह गरे ।

व्यापार–व्यवसाय भएमा मात्र भन्सारका हुने भएकाले न्ेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले स्वदेशी उत्पादनमा बढवा दिने र स्वदेशी समान नै उपभोग गर्ने बानी बसेमा व्यापार घाटामा केही भए पनि कम हुने बताए ।

बैश्यले सीमा पारी भन्दा सीमा वारी समान खरिद बिक्री गरौं, नेपाली उत्पादनको संरक्षण र सम्वद्र्धन गरौं । त्यसको बातावरण सबैले मिलाउनुपर्ने बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन शर्मा आर्चायले नेपालको आर्थिक विकास र संमृद्धिका लागि नेपालका उद्योग, धन्दा, कल–कारखानाहरु सुरक्षित भएमा राष्ट्र विकासमा टेवा पुग्ने बताए ।

भन्सार दिवसको अवसरमा नेपालगञ्ज भन्सार कार्यालयले यस वर्ष विभिन्न रचनात्मक क्रियाकलाप गर्दै मनाएकोमा त्यसमा सहभागी उद्योगी, व्यापारी, कर्मचारी एवम भन्सार दिवसको अवसरमा पुरस्कृतहरुलाई बधाई दिदै सबै तह निकायले आ–आफनो दायित्व इमान्दारिताका साथ निर्वाह गर्न आग्रह गरे ।

नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक गुरु पौडेल मुलुक महङ्गो राज्य व्यवस्था प्रणालीमा जाँदै गरेको अवस्थामा त्यो महङ्गाई थेग्न पनि राजश्वका साधनका साथै राज्यमा उत्पादन भएका बस्तु निकासी गर्ने र राजश्वका दायराहरु फराकिलो पार्न जरुरी रहेको बताए ।

निर्देशक गुरु पौडेलले अब वर्षे देखि विभिन्न बहानामा विभिन्न वित्तिय संस्थाहरुमा कालो धनलाई सेतो बनाउने गरिएको त्यस्ता वित्तिय संस्था एवं व्यक्तिले कमाएको कालोधनको बारेमा सही सुचना तथा योगदान दिएर वित्तिय पारदर्शिता रक्षेत्रमा योगदान पु–याउन सबैलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठले निजी क्षेत्र र राज्यका निकाय एक अर्काका परिपुरक भएकाले सहकार्यमा जोड दिनु पर्ने बताए ।

नेपालगञ्ज स्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रेम पौडेलले कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख कर्ण प्रशाद तिमिल्सेना , नेपालगञ्ज भन्सार कार्यालयका सुचना अधिकृत सुभाष श्रेष्ठ, शसस्त्र सीमा सुरक्षा बलका उपरीक्षक फडिन्द्र पौडेल, नेपालगञ्ज स्थित राजश्व गस्ति टोलीका प्रमुख समेत सैलेन्द्र भण्डारी र नेपालगञ्ज स्थित शसस्त्र प्रहरीको औद्योगिक राजश्व गस्ति लगायत रहेका थिए । भन्सार दिवसको अवसरमा विभिन्न् ३ जना आयात कर्ता र ३ जना निर्यात कर्तालाई सम्मान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रबार