नेपालगञ्ज,१० माघ/ गन्तव्यमा हिडेका यात्रुहरुलाई जथाभावि बस रोकेर यात्रुलाई तान्ने र अनावश्यक टेन्सन दिने प्रबृत्ति अझै कायमै रहेको छ । नेपालगन्जको पुष्पलाल चोक, कारकाँदो चोक, बसपार्कमा यस्तो प्रबृत्ति दैनिकी मजाले देख्न सकिन्छ ।
यात्रु तानातान गर्ने कार्य दशकौदेखि भएपनि यसकार्यको नियन्त्रणमा न त मजदुर नेताहरुले ध्यान दिन सकेका छन् न त ट्राफिक प्रहरीले नै रोक लगाउन सकेको छ ।
नेपालगन्जदेखि पूर्वपश्चिमका लागि छुट्ने बसपार्कमा जाने तथा पुष्पलाल चोकदेखि चढ्ने यात्रुलाई गाडीका कर्मचारीहरुले सडकबाटै तानातान गर्ने गरेको स्थानिय व्यपारीहरु बताएका छन् ।
रात्री बस होस् या दिवा बसमा सवार गर्ने यात्रुहरुलाई आफ्नो बसमा यात्रा गराउने दबाब दिदा यात्रु एउटा बसमा र आफूले बोकेको सामान अर्कै बसमा पर्ने र सामान समेत हराउने गरेको प्रसस्त उदाहरणहरु नेपालगन्जमा रहेका छन् ।
यात्रु बस पुग्न पाएको हुदैन बाटो बाटै झोला र मान्छे तानातान गरेर कपडा नै च्यातिने गरेको पुष्पलाल चोकका एक व्यापारीले बताउनु भयो । दिनभरि यस्तै कार्य हेरेरै दिन वित्ने गरेको उहाँले बताउनुहुन्छ ।
प्रतिष्पर्धाका कारण बढी रकम संकलन गर्ने उद्देश्यले समेत यात्रु तानातान हुने गरेको सवारीधनीहरु बताउ“छन् । नेपालगन्जदेखि धनगढी जादै गरेको विवेक चापागाईको झोला बाटो मै खोसियो कुन बसमा झोला पुग्यो थाहै भएन उहाँले भन्नुभयो जहिले पनि यात्रा गर्दा यस्तै व्यवहार यातायातका कर्मचारीहरुले गर्ने गरेको उहाँले भन्नुभयो ।
मजदुरमाथि हुने दबाबलाई रोक्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हुम बहादुर थापाले भने यस विषयमा यात्रु मजदुर तथा मजदुरका प्रतिनिधिबीच छलफलमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नहुनुमा यात्रु मजदुरहरुको वेवास्ता रहेको बताउनुभयो ।
यस सम्बन्धमा ट्राफिक प्रहरीले बेलाबेलामा तानातान गर्ने सवारी चालक तथा कर्मचारीलाई कारबाही समेत गरेको उहाँले बताउनुभयो । नेपालगन्ज बसपार्कदेखि देशभर दैनिक २ सयभन्दा बढि सवारी साधन छुट्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्