राजधानीको माग गर्दै जिप्रका मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र



नेपालगञ्ज,१० माघ/   बाँकेलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै संघर्ष समितिको आयोजनामा प्रदर्शनसहित ज्ञापनपत्र बुझाइएको छ ।

संघर्ष समितिका संयोजक नेकपा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङको अगुवाईमा नेकपा एमाले पार्टी कार्यालयबाट निस्केको बिरोध ¥याली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको हो । भौतिक पुर्वाधार र सुविधाको हिसावले प्रदेश नम्बर ५ को राजधानीका लागि बाँके उपयुक्त भएको भन्दै राजधानी कायम गर्न माग गरिएको छ ।

कार्यक्रममा सांसद मो.इस्तिायक राई, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा लगायत सहभागी रहेका थिए । बाँकेमा प्रादेशिक राजधानी उपयुक्त रहेको हुनाले बाँके नै राजधानी बनाउनुपर्ने भन्दै सडकमा उत्तिएका छन् ।

बाँके राजधानी कायम गर्न उनिहरुले आन्दोलनको घोषणा समेत सार्वजनिक गरेका छन् । बाँके राजधानी भएन भने आफुहरुको आन्दोलन कायमै रहने संघर्ष समितिका संयोजक गुरुङले बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १० गते बुधबार