सार्वजनिक बाटो बन्द गरेको प्रति अनेरास्ववियुको आपत्ति



कोहलपुर,९ माघ/   अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोहलपुर उद्योग वाणिज्य संघले सार्वजनिक बाटो बन्द गरेको प्रति आपत्ति जनाएको छ ।

अनेरास्ववियुले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरेर यही माघ २६ गते देखि फाल्गुण ८ गते सम्म कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा गर्न लागिरहेको ‘कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४’ को लागि न्युरोडको एक बाटो नै अतिक्रमित गरी महोत्सवको स्टल बनाउन लागेकाले त्यस्तो नगर्न विज्ञप्ति माफर्त सचेत गराएको अनेरास्ववियुका क्षेत्र नं . १ का क्षेत्रीय अध्यक्ष सुमन घिमिरेले बताए ।

अनेरास्ववियुका बाँके जिल्ला स–सचिव दिनेश के.सी., क्षेत्र नं . १ का अध्यक्ष सुमन घिमिरे र बागेश्वरी बहुमूखी पब्लिक क्याम्पस कमिटिका अध्यक्ष हेमन्त भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा महोत्सवका नाममा सडक अतिक्रमण गरेर सामान्य जनतालाई आवत जावतमा दुःख दिने काम तत्काल बन्द नगरेमा र हाल त्यहाँ गर्न लागेको कार्य नहटाएमा त्यसका विरुद्ध अनेरास्ववियुले चरणवद्ध आन्दोलन गर्न बाध्य हुने उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके, कोहलपुर नगरपलिका ,कोहलपुर उद्योग वाणिज्य संघ र ईलाका प्रहरी कार्यालय कोहलपुरलाई बोधार्थ दिइएको विज्ञप्तिमा उललेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार