कोहलपुर,९ माघ/ कोहलपुर नगरपालिका–११ स्थित बगियामा रहको ज्ञानज्योति माविमा सोमबार श्रीपञ्चमीको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित सरस्वती पूजा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राथमिक कक्षा पढाई तथा सिकाइ कार्यक्रम समेत गरिएको थियो ।
विद्यालयमा विभिन्न तहका छात्र तथा छात्राहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्